‘प्रेमगीत ३’ मा २ वर्ष अगाडि नै अनुबन्ध भएका थिए मनिष



छेतेन गुरुङ र निर्माता सन्तोष सेन मिलेर निर्देशन गर्ने यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्येको एक ‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का प्रमुख भूमिकामा देखिँदैछन् । भने, उनीसँग फिल्ममा नव-अभिनेत्री क्रिस्टिना गुरुङले रोमान्स गर्नेछिन् । २७ सय युवतीलाई उछिन्दै उनी गीत क्यारेक्टरमा अनुबन्ध भएकी थिइन् । चैत २८ मा रिलिज हुने चलचित्रको दशैंपछि छायांकन सुरु हुँदेछ ।

२ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर बन्ने चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो चलचित्रबाट मनिष राउतले पनि डेब्यू गर्दैछन् । केही समय अगाडि निर्माण टिमले सार्वजनिक गरेको क्यारेक्टर पोस्टरमा उनको चकलेटी लुक्सलाई दर्शकले निकै रुचाएका थिए । चलचित्र रिलिज नहुँदै मनिषलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको छ ।


निर्माण कम्पनी आसुसेन फिल्मस्ले अभिनेता मनिषलाई ‘प्रेमगीत ३’ मा गएको २ वर्ष अगाडि नै अनुबन्ध गरेको थियो । तर, यो कुरा लुकाइएको थियो । निर्माता सेनले चलचित्रमा अनुबन्ध गरेर उनलाई ट्रेनिङ र ग्रुमिङ गरेको जानकारी प्राप्त छ । मनिषले पनि २ वर्ष फेसबुक, ट्विटर र इन्स्टाग्राम बन्द गरेर आफ्नो ड्रीम चलचित्रको तयारीमा जुटेका थिए । उनी डेब्यू चलचित्रका लागि आफूले निकै मिहिनेत गरेको बताउँछन् ।

‘प्रेमगीत ३’ मा आबद्ध भएको औपचारिक पुष्टि भएसँँगै अहिले अभिनेता मनिष राउतको चर्चा निकै चुलिएको छ । डेब्यू चलचित्र प्रदर्शनमा नआउँदै उनलाई अन्य केही चलचित्रबाट पनि अफर आएको जानकारी प्राप्त छ । केही दिनयता ‘प्रेमगीत ३’ का लागि घोडा सवारी सिकिरहेका उनी हालै क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडरमा पनि नियुक्त भए ।

पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्री गर्ने ‘डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडरमा मनिष पाँच बर्षका लागि नियुक्त भएका हुन् । कुनै अभिनेता पहिलो चलचित्र पनि रिलिज नहुँदै कुनै ब्राण्डसँग आबद्ध भएको यो पहिलो हो । उक्त ब्राण्डका सुमन गौतमले अबको पाँच बर्षमा ‘डक्टर डेनिम’ (DR.DENIM) र मनिष राउत दुबै देशका स्टार बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu