‘माया’ मा नीता र कोशिशको जोडी



अभिनेत्री नीता ढुंगानाले निर्माण गर्ने लभस्टोरी चलचित्रको नाम ‘माया’ जुराइएको छ । फ्लोरमा निस्कँदा चलचित्रको नाम परिवर्तन हुनसक्ने नीताले बताएकी छन् । समुन्द्र भट्टले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री नीता स्वयंको प्रमुख भूमिका रहनेछ । उनको अपोजिटमा गायक, संगीतकार, लेखक तथा अभिनेता कोशिश क्षेत्री फाइनल भएका छन् ।

चलचित्रको कथा कोशिश स्वयंले तयार पारेका छन् । उनलाई पटकथा तथा संवादमा निर्देशक भट्टले सघाएका छन् । ‘माया’ मा संगीत पनि कोशिशको नै रहनेछ । योभन्दा अगाडि अभिनेत्री नीता हरर चलचित्र ‘मःम हन्टिङ’ निर्माण गर्ने तयारीमा थिइन् । तर, चलचित्रमा अभिनय गर्ने कलाकारको तत्काल समय नमिलेपछि उनले लभस्टोरी चलचित्र अगाडि बनाउन लागेकी हुन् ।

उनका अनुसार, अर्को वर्षको मध्यतिर ‘मःम हन्टिङ’ को छायांकन सुरु हुनेछ । यो चलचित्रका लागि नीता निर्माता पनि खोजिरहेकी छन् । ‘माया’ मा भने उनको एकल लगानी रहने बुझिएको छ । केही वर्ष अगाडि चलचित्र ‘आधा पेज’ बाट निर्देशनमा डेब्यू गरेका निर्देशक समुन्द्र यो बीचमा क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् ।

पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैलीलाई चलचित्रले बोल्नेछ । भदौ दोश्रो साताबाट फ्लोरमा जाने बताइएको ‘माया’ का अन्य कलाकार र प्राविधिक लाइनअप पुरा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu