अब नेपाली चलचित्रको भारतमा सहज सेन्सर हुने



नेपालमा नेपाली चलचित्रले सेन्सर बोर्डमा अनेकौं झन्झट भोग्नु परेको अवस्थामा अब भारतमा भने नेपाली चलचित्रको सहज रुपमा सेन्सर हुने भएको छ । सन् २०१७ जुलाई ९ मा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली चलचित्रको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र बुझाएका थिए ।

शुक्रबारबाट भारतीय सेन्सर बोर्डले नेपाली चलचित्रको सेन्सरका लागि सहज व्यवस्था मिलाएको छ । नेपाली चलचित्रको भारतमा सेन्सर गर्न अब नेपाली निर्माताले अनेकन झमेला झेल्नु पर्ने अवस्थाको अन्त्य भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । अब नेपाली चलचित्र सेन्सरका लागि अनलाइनबाट डेट लिन सकिने र नेपाली भाषाको स्क्रिप्ट नै सेन्सरका लागि समावेश गर्न सकिने उनले बताए ।

निर्माता, वितरकमध्ये कोही मुम्बई नगएर पनि भारत सेन्सर गर्न सकिने व्यवस्था नेपाल चलचित्र निर्माता संघले मिलाएको अध्यक्ष अधिकारी बताउँछन् । यसअघि नेपाली चलचित्र भारतमा सेन्सर गर्न निर्माताले निकै झमेला खेप्दै आउनु परेको थियो । अब भने सहज हुने भएको छ । भारतमा नेपाली चलचित्रको सहज सेन्सर हुने भएपछि यसले नेपाली चलचित्रकर्मीमा खुसीयाली छाएको छ । यसलाई निर्माता संघको पनि ठूलो उपलब्धि मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu