‘धुर्मुस-सुन्तली’ को चलचित्रको नाम ‘छल-कपट’ जुर्‍यो



सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गर्न लागेको चलचित्रको नाम फेरि परिवर्तन भएको छ । स्क्रिप्टमा काम भइरहँदा चलचित्रको नाम ‘एन्टी-भाइरस’ जुराइएको थियो । तर, पछि ज्योतिषले ‘एस’ बाट नाम जुराउन सल्लाह दिएपछि ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम ‘सेन्टी–भाइरस’ बनाए । अब निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फाइनल भएको चलचित्रको नाम ‘छल-कपट’ राखिएको छ ।


भाद्र १३ मा रामबाबु निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यो चलचित्र प्रदर्शनमा आएपछि ‘छल-कपट’ को छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा ‘धुर्मुस-सुन्तली’ कै प्रमुख भूमिका रहने निश्चित भइसकेको छ । कमेडी जनरामा निर्माण हुने चलचित्रमा अभिनेता दयाहाङ राईको पनि अभिनय रहनेछ । तर, मा उचलचित्रनको केमियो मात्र हुने निर्देशक रामबाबुले बताएका छन् ।

यसअघि रामबाबुले निर्देशन गरेका चलचित्रमा दयाहाङले केमियो भूमिकामा काम गरेका छैनन् । उनी नै सेन्ट्रल क्यारेक्टरमा हुने गरेका छन् । यसकारण ‘धुर्मुस-सुन्तली’ को चलचित्रमा पनि उनको प्रमुख भूमिका हुने स्रोत बताउँछ । चलचित्रमा उनलाई प्रमुख भूमिकामा भित्राउन रामबाबुले स्क्रिप्टमा गतिलै कसरत गरिरहेको जानकारी प्राप्त छ । ‘छल-कपट’ का लागि अन्य कलाकार र प्राविधिक लाइनअप पूरा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu