‘घर’ को व्यापार करोड ग्रस



अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको निर्मात्री शर्मिला पाण्डेले बताएकी छन् । उनी चलचित्रको व्यापार र दर्शक प्रतिक्रियाबाट खुशी छिन् । नेपाली चलचित्र निर्माणमा सक्रिय पाण्डेले व्यापारिक सफलता यसअघिका चलचित्रबाट चाख्न पाएकी थिइनन् । तर, यसपटक उनले नाफा कमाउने देखिएको छ ।

शर्मिलाका अनुसार, यो चलचित्रले दोश्रो साताको शनिबारसम्म आइपुग्दा १ करोडभन्दा बढी ग्रस कलेक्शन गरेको छ । दोश्रो साताको शनिबार पनि काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा चलचित्र हेर्न दर्शकको चाप देखिएको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् ।

नेपालमा हरर जनराको चलचित्रको क्रेज खासै छैन । ‘सुनकेशरी’ बाट विग्रिएको बजार ‘घर’ ले उठाउने अपेक्षा गरिएको थियो, जुन अपेक्षा पुरा भएको छ । साउन ३ मा रिलिज भएको चलचित्रमा अर्पणका साथ बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ ।

निर्मात्री पाण्डेले भनिन्– ‘चलचित्रले १ करोड ग्रस कलेक्शन गरेको छ । हरर चलचित्रमा पनि दर्शक भएको अनुभुती हामीले गरेका छौ ।’ शर्मिला अहिले नयाँ चलचित्र ‘आमा’ निर्माण गरिरहेकी छिन् । डीएस डिजिटलले यो चलचित्र निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu