जावलाखेलमा ‘तिज माइती मेला’ हुँदै



नजिकिँदै गएको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रम आयोजना हुने भएको छ । ललित व्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजना हुन लागेको कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले बताएकी छन् । उनका अनुसार, यही साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुनेछ ।

साउन १६ गते दिउँसो साढे ३ बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यस तिज विशेष कार्यक्रममा नेपाली चलचित्रको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एकै क्षेत्रमा कार्यरत ‘आर्दश जोडी सम्मान २०७६’ अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई प्रदान गरिन लागिएको ललित व्यूटिसियनकी अध्यक्ष रिमालले बताइन् ।

सम्मानसँगै ‘तिज माइती मेला’ कार्यक्रममा स्टल, नाचगान, कस्मेटिक, लोकदोहोरीलगायत पनि हुने बताइएको छ । विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित व्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेडले हरेक वर्ष एक आर्दश जोडीलाई पनि सम्मान गर्दै आइरहेको छ । कार्यक्रममा सांगीतिक क्षेत्र, चलचित्र क्षेत्र र विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu