साउन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘रे’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन मिश्रित ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा डनको भूमिकामा प्रस्तुत छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै उनले ट्रेलरमा संवाद बोलेका छन् ।

चलचित्रका प्रमुख अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिल थापा बाधक बनेका छन् । ट्रेलरले चलचित्र एक्सन प्रधान रहेको प्रस्ट्याउँछ । अभिनेता दिवसलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ । यो चलचित्रका निर्देशक दिनेश पौडेल हुन् । एक्सनसँगै सामाजिक प्रेमकथामा चलचित्र आधारित भएको निर्माण पक्षको कथन छ ।
चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको चलचित्रमा अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ । यसमा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य रहेको छ ।
ट्रेलर हेर्नुहोस् :-




