प्रदर्शनमा आए ‘न यता न उता’ र ‘रातो गलबन्दी’



शुक्रबारबाट दुई नेपाली चलचित्र ‘न यता न उता’ र ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका छन् । यी दुई चलचित्रमा दुई चलेका अभिनेत्रीको अभिनय छ । कमेडी चलचित्र ‘न यता न उता’ मा भर्सटायल अभिनेत्री ऋचा शर्मा र ‘रातो गलबन्दी’ मा अभिनेत्री केकी अधिकारीको प्रमुख भूमिका छ । दुई अत्यन्त मिल्ने अभिनेत्री हुन् । सम्भवतः पहिलो पटक दुईको चलचित्र बक्सअफिसमा ‘क्यास’ भएको हो ।

दुई अर्धबैशे पुरुषको कथा वाचन गर्ने ‘न यता न उता’ मा ऋचाका अलावा मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय छ । मिराज रोशले फिल्म निर्देशन गरेका हुन् । सामान्य प्रसारमा यो चलचित्र प्रदर्शनमा आएको हो ।


उक्त चलचित्रमा अरोन अशोक कुमारको छायांकन छ । चलचित्रमा दुई अर्धबैशे पुरुषको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मिराजले बताएका छन् । यस चलचित्रले उठाएको कथा नेपाली फिल्ममा नै पहिलो पटक रहेको उनको भनाई छ । रिना लामाले फिल्मको निर्माण गरेका हुन् । बिहीबार साँझ राजधानीमा भएको प्रिमियरमा चलचित्रलाई सुखद प्रतिक्रिया मिलेको छ । सेलिब्रेटीहरुले चलचित्र रचाएका छन् ।

त्यस्तै, बिना प्रचार प्रदर्शनमा उत्रिएको चलचित्र ‘रातो गलबन्दी’ मा केकीले कोशिश क्षेत्रीसँग रोमान्स गरेकी छन् । अनिश थापाले चलचित्रको निर्देशन गरेका हुन् । बुद्धि तामाङको पनि अभिनय रहेको चलचित्रको कथा किरण माइकलले लेखेका हुन् । सुमन तामाङले खिचेको फिल्मकोे कार्यकारी निर्माता प्रकाश दुलाल हुन् । भने, बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह-निर्मातामा रहेका छन् । चलचित्रमा हिमाल कडरियाको कथा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu