भारतीय मिडियाले गर्‍यो साम्राज्ञीको चर्चा



शुक्रबार भारतको सबैभन्दा विश्वसिलो अनलाइन पोर्टल ‘आज तक’ ले नेपाली चलचित्रकी सबैभन्दा डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाहको विषयमा समाचार प्रकाशन गरेको छ । जसमा उनलाई नेपाली चलचित्रकी सबैभन्दा महँगी अभिनेत्रीको रुपमा चिनाइएको छ । ‘ड्रीम्स’ बाट डेब्यू गरेकी शाह आज नेपाली चलचित्रकी हाईएस्ट पेड एक्ट्रेस बनेकी छन् । मात्र तीन वर्षमा उनको स्टारडमले निकै ठूलो रुप लिइसकेको छ’, ‘आज तक’ का लागि प्रिया शान्डिल्यले लेखेकी छन् ।


चलचित्रमा करिअर बनाएकी उनी वास्तविक जिन्दगीमा भने राजघरानाको सदस्य रहेको समाचारमा भनिएको छ । साम्राज्ञीको वंशजका त्रिभुवन वीर बिक्रम शाहलाई नेपालबाट राणा राज्य हटाउने श्रेय दिने गरेको र उनको बंशजका ज्ञानेन्द्र शाह नेपालको राजा भएको पनि जानकारी दिइएको छ । साम्राज्ञीले एक चलचित्रका लागि १६ लाख पारिश्रमिक बुझ्ने गरेको पनि खुलाइएको छ । चलचित्र ‘रातो टिका निधारमा’ का लागि उनले १६ लाख बुझेकी थिइन् ।

‘शाहले आफ्नो पढाईको क्रममा केही समय भारतमा विताएकी थिइन् । नेपाल इन्स्टीट्यूट अफ म्यानेजमेन्ट एन्ड साइन्सबाट उनले ब्याचलर्स इन सोशियोलोजी गरेकी छन्’, समाचारमा उल्लेख छ । तर, ‘आज तक’ ले डेब्यूचलचित्र ‘ड्रिम्स’ हिट भए पनि उनको अभिनयको खासै प्रशंसा नभएको भनेर लेखेको छ, जुन सत्य होइन । डेब्यू चलचित्रमा उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । समाचारमा उनका ताजा तश्विरहरु पनि राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu