कात्तिक १५ मा विराज र निकिताको ‘साङ्लो’



एक्सन अभिनेता विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’ को प्रदर्शन मिति घोषणा भएको छ । वितरक कम्पनी एफडीले छठको अघिल्लो दिन अर्थात् कात्तिक १५ गते प्रदर्शन गर्न लागेको हो । विराजले उक्त मितिमा चलचित्र प्रदर्शन गर्न अनुमति दिएका छन् । प्रदर्शन मितिसहित चाँडै यस चलचित्रको पोस्टर सार्वजनिक गरिँदैछ ।

यसअघि चलचित्रलाई भदौमा प्रदर्शन गर्ने तयारी चलेको थियो । तर, भदौभरी ठूला फिल्मबीच महाभिडन्त हुने भएका कारण सेफ ल्यान्डिङ्ग खोज्दै विराजले ‘साङ्लो’ रिलिज कात्तिकमा पुर्‍याएका हुन् । अहिलेसम्म कात्तिक १५ मा अन्य कुनै फिल्मले प्रदर्शन मिति घोेषणा गरेका छैनन् । तर, चलचित्र प्रदर्शनका लागि छठ उपयुक्त समय भएका कारण यो चलचित्रले सोलो रिलिज पाउन भने मुश्किल छ ।


अहिले यो चलचित्र सम्पादन टेवलमा छ । किड्नी तस्करीको कथा बोल्ने बताइएको चलचित्रमा विराज स्वयंको प्रमुख भूमिका छ । उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेकी छन् । छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो चलचित्र विवादमा तानिएको थियो । त्यसअघि पनि विराजले प्राविधिक कुटेपछि चलचित्र विवादमा घेरिएको थियो ।

‘साङ्लो’ मा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘लभ स्टेशन’ मा उनले अभिनय गरेका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको चलचित्रमा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षदेखि नेपाली चलचित्रमा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो चलचित्र ‘जय परशुराम’ हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu