कर्मा र भोलाराजको ‘षट्कोण’ घोषणा



भदौबाट फ्लोरमा निस्कने गरि केही दिनयता धमाधम नेपाली चलचित्रको निर्माण घोषणा भइरहेका छन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच मिलन डि. काप्रीको निर्देशनमा बन्न लागेको चलचित्र ‘षट्कोण’ को पनि औपचारिक निर्माण घोषणा गरिएको छ । भदौ १८ गतेबाट फ्लोरमा जाने चलचित्र मनोवैज्ञानिक रहस्यमा आधारित हुने बताइएको छ ।

शिशिर वनेमको कथा तथा पटकथा रहेको चलचित्रमा महेश दवाडीको संवाद छ । चलचित्रमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेमलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्रीको भने अहिलेसम्म टुंगो लागेको छैन । निर्देशक काप्रीका अनुसार, चलचित्रका लागि केही अभिनेत्रीसँग कुरा भइरहेको छ ।


अभिनेता कर्माले आफूले चलचित्रमा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निर्वाहा गर्न लागेको बताए । उनी भन्छन्, ‘चलचित्रको कथा सरल र साधारण छ । कुनै झकिझकाउ छैन । यसकारण पनि मैले फिल्म छाड्न सकिनँ ।’ अर्का कलाकार भोलाराजले चलचित्र स्क्रिप्टको फोटोकपी बन्नेमा विश्वास व्यक्त गरे ।


आङछेन लामाले खिच्ने चलचित्रलाई क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गर्न लागेको हो । भिमफेदी र काठमाडौंमा छायांकन हुने चलचित्रमा विशेष पाण्डेको ध्वनी, अशेश लुईंटेलको मुख्य सहायक निर्देशन रहनेछ । यो चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका निर्देशक काप्रीले एक रहस्मय मर्डरको कथामा ‘षट्कोण’ आधारित भएर बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu