पोस्टरमा यस्तो छ ‘हल्कारा’



विक्रम सापकोटाको निर्देशन रहेको चलचित्र ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलनचल्तीको भन्दा यो चलचित्रको पोस्टर केही पृथक छ । चलचित्रले गहन विषय उठाएको पोस्टरबाट आँकलन गर्न सकिन्छ । निर्माण टिमले फस्टलुक पोस्टरमा चलचित्रको प्रदर्शन मिति भने राखेको छैन ।


निर्देशक सापकोटाले चलचित्रका लागि उपयुक्त मिति मिलाउन वितरकसँग छलफल भइरहेको र केही दिनमा टुंगो लाग्ने बताए । चलचित्रले एक बेरोजगार गाउँको कथा वाचन गरेको बताइएको छ । सोसल ड्रामामा निर्माण भएको ‘हल्कारा’ को कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् ।

उनलाई आकाश बराल र विप्लव प्रतिकले सघाएका छन् । निर्देशक सापकोटा र रामकृष्ण पोखरेलले चलचित्रको निर्माण गरेका हुन् । ‘हल्कारा’ मा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, दीपक क्षेत्री, पशुपति राईलगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपालको दुर्गम गाउँहरूमा चिठ्ठी पुर्‍याउने जिम्मेवारी पाएको एक युवकको कथामा चलचित्र आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu