चितवनमा रुचाइयो ‘साइनो’



यही साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ लाई चितवनमा रुचाइएको छ । लक्की मिडिया हाउसले सोमबार चितवनमा आयोजना गरेको विशेष प्रदर्शनीमा दर्शकले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । अधिकांशले ‘साइनो’ लाई अर्गानिक फिल्म भन्दै प्रशंसा गरेको जानकारी प्राप्त छ ।

चलचित्रको विशेष शोमा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, ‘साइनो’ निर्मात्री भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो । चलचित्रका मुख्य कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेललगायतका अन्य कलाकारहरु, निर्माता तथा निर्देशकको पनि कार्यक्रममा उपस्थिति थिए ।

‘साइनो’ हेरेपछि वरिष्ठ कलाकार नीर शाहले शुद्ध नेपालीपनको चलचित्र बनेको बताए । यस चलचित्रबाट सम्भावना बोकेको निर्देशक र नव-नायक भित्रिएको उनको भनाई छ । वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मुलधारको नेपाली चलचित्र हेरेकोमा खुसी व्यक्त गरे ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका अन्य कलाकारहरुको अभिनय छ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् । चलचित्रमा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् ।


‘साइनो’ मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । मोफसलका विभिन्न स्थानमा अहिले यो चलचित्रको प्रचार प्रसारलाई पनि तिव्र बनाइएको छ । चलचित्रले चितवनमा पाएको प्रतिक्रियाबाट निर्माण टिम निकै हौसिएको छ । अभिनेत्री मिरुना चलचित्रले दर्शकसँग साइनो गाँस्न सफल हुनेमा विश्वस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu