भाद्र २० मा प्रदर्शनमा आउने अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरी अभिनीत चलचित्र ‘सोच’ को ‘तिमीले मलाई साहारा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा नीता र प्रज्वललाई प्रेमिल भावमा प्रस्तुत छन् । शंकर अधिकारी घायलले लेखेको गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ ।

पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको चलचित्रमा नीता र प्रज्वलका साथमा नव-नायक पूजन सिंह प्रमुख भूमिकामा छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रका अन्य कलाकारमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत छन् ।
गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको चलचित्र बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा तथा संवाद सोचमा एनबि महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रमा भरपूर मनोरञ्जनसँगै सन्देशसमेत रहेको दाबी निर्देशक पुजनको छ ।
भिडियो :-




