नीता र मिरुनाको ‘साइनो’ हलमा



शुक्रबारबाट हलमा तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । रमेश थापा निर्देशित चलचित्र ‘साइनो’, राजेन्द्र त्रिपाठीको ‘रे’ र शंकर अधिकारीको निर्देशन रहेको चलचित्र ‘काँचुली’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय छ ।

त्रिकोणात्मक प्रेकथा वाचन गर्ने चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् । चलचित्रमा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् । ‘साइनो’ मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेका कारण यो चलचित्रमाथि सबैको आश छ ।

त्यस्तै, चलचित्र ‘रे’ मा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ । भने, ‘काँचुली’ मा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे प्रमुख भूमिकामा छिन् । यी दुबै चलचित्र बिना प्रचार प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu