अब फागुन ९ मा ‘दयारानी’



अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको प्रमुख भूमिका रहेको चलचित्र ‘दयारानी’ को प्रदर्शन मिति पुनः पोस्टपोन्ड भएको छ । साउन ३० मा आउने निश्चित भएको माओत्से गुरुङ निर्देशित यो चलचित्र अब आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।

गुरुङ भाषाको चलचित्र निर्देशन गर्दै आएका कलाकार माओत्सेले यो चलचित्रबाट मूलधारे चलचित्रमा पाइला राख्न लागेका हुन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन् । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । चलचित्रले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथा समेट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu