दर्शकले रुचाए ‘साइनो’



शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘साइनो’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार अपेक्षाकृत व्यापार गर्न नसके पनि यो चलचित्रले शनिबार देशैभर हाउसफुल दर्शक पाएको निर्माण टिमले बताएको छ । शुक्रबारको तुलनामा चलचित्रले शनिबार निकै राम्रो व्यापार गरेको निर्मात्री भुवन थापा चन्दले जानकारी दिएकी छन् । उनी नेपाली चलचित्रकी प्रथम नायिका समेत हुन् ।

‘वर्ड अफ माउथ’ बलियो भएका कारण चलचित्र लामो रेसको घोडा बन्ने विश्वास उनमा छ । प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीमा आयोजना गरिएको विशेष शोमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, निर्देशक दीपाश्री निरौलालगायतले चलचित्रको प्रशंसा गरेका थिए । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको चलचित्रमा अभिनेत्री मिरुना मगरको अभिनय भने निकै रुचाइएको छ ।


उनको स्वभाविक अभिनय दर्शकलाई मन परेको छ । ‘लालपूर्जा’ बाट अभिनयमा डेब्यू गरेकी उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रोज’ मा पनि राम्रो अभिनय पस्किएकी थिइन् । उनी दर्शकले आफ्नो अभिनय रुचाएकोमा निकै खुसी भएको बताउँछिन् । ‘साइनो’ लाई मिलेको प्रतिक्रियाले पनि आफूलाई उत्साहित तुल्याएको उनको भनाई छ ।

रमेश थापा निर्देशित चलचित्रमा नीता ढुंगाना, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय पनि छ । त्रिकोणात्मक प्रेमकथा वाचन गरेको यस चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् । चलचित्रमा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् । ‘साइनो’ लाई रामेश्वर कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu