आयुषको स्वरमा ‘हजार जुनीसम्म’ को शिर्ष गीत सार्वजनिक (भिडियो)



भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रशारण हुँदै आएको ‘सारेगमप लिटल च्याम्प्स’ मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी आवाजमा समावेश चलचित्र ‘हजार जुनीसम्म’ को शिर्ष गीत सार्वजनिक भएको छ । उनले गायक उदय सोताङ्गको चर्चित गीत ‘हजार जुनीसम्म’ गाएका हुन् ।

उक्त गीतलाई रि–एरेन्ज गरेर चलचित्रमा समावेश गरिएको हो । गीतलाई उदय स्वयंले तयार पारेका हुन् । चलचित्रमा उदय र आयुष दुबैको स्वरमा गीत रहने भएता पनि निर्माण पक्षले यूट्युबमा आयुषको स्वर रहेको गीत मात्र सार्वजनिक गरेको हो । गीतमा पवन चाम्लिङ्ग ‘किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत छ ।

गीतको लिरिकल भिडियोमा चलचित्रका चल-अचल तश्विरहरु समावेश छन् । आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेललगायत गीतमा फिचरिङ छन् । आर्यनका केही प्रेमिल संवादलाई पनि गीतमा स्थान दिइएको छ । यो चलचित्र साउन ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

बाल गायक आयुषले ‘हजार जुनीसम्म’ जस्तो चर्चित गीत गाउन पाउनु आफ्नो लागि एक किसिमको जीत भएको बताएका छन् । विकासराज आचार्य निर्देशित यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा विशाल चाम्लिङ छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu