भद्रगोलमा पछिल्लो समयमा चर्चितमा भएकी पात्र मुन्नी अर्थात् प्रियना आचार्य अभिनित ‘सरिमै लाउने’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात् दीपक आचार्यको भिडियोको निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा प्रियनाको साथमा साहिल खड्काको अभिनय रहेको छ। भिडियोमा प्रियना दोहोरो भूमिकामा प्रस्तुत भएकी छन् । गीतमा असफल प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
साहिल खड्का अफिसियलमा यूट्युबमा सार्वजनिक भएको गीतमा साहिल खड्काको शब्द संगीत तथा स्वर छ । गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सागर मगरको कोरियोग्राफी रहेको छ ।
भिडियो :-




