‘बादशाह जुट’ को पोस्टरसँगै प्रदर्शन मिति घोषणा



गत वर्षको पुष १३ गते नै प्रदर्शनमा आउनु पर्ने चलचित्र थियो, ‘बादशाह जुट’ । तर, अन्तिम समयमा प्राविधिक कारण देखाउँदै यो चलचित्र प्रदर्शनमा आउन सकेन । अब निर्माण टिमले चलचित्रको नयाँ प्रदर्शन कात्तिक १ गतेलाई घोषणा गरेको छ । साथै, पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्र का लिड अभिनेता सुशील श्रेष्ठ र कलाकार रविन तामाङ फिचर्ड छन् ।

‘बादशाह जुट’ आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण भएको निर्देशक जोनी सिंह राणाले बताए । यसअघि उनले एक बलिउड चलचित्र समेत निर्देशन गरिसकेका छन् । उनी आफैंले तयार पारेको कथामा निर्मित यस चलचित्रमा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतको पनि अभिनय छ ।

चलचित्रको गत वर्ष नै ‘काफल पाक्यो’ गीत सार्वजनिक गरिएको थियो । गीतमा अभिनेत्री प्रियंका कार्की प्रमुख फिचर्ड थिइन् । उनी यस चलचित्रमा अतिथी भूमिकामा रहेको निर्देशक राणाले बताए । तासको खेलमा बादशाह जुटलाई शक्तिशाली मानिन्छ । पोस्टरमा सुशील र रविनलाई मात्र स्थान दिइनुले चलचित्रमा यी दुई आफूलाई बादशाह सम्झने भूमिकामा रहेको अनुमान गर्न गाह्रो पर्दैन ।

एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि. को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राजु कार्कीको डिओपी, राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) ले चलचित्रको निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu