मुकुन बन्ने भए ‘अन्तरे’



काठमाण्डौ। यसअघि चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्ने यस चलचित्रमा उनले अन्तरे अर्थात प्रमूख भूमिकामा अभिनय गर्ने भएका हुन् ।

यसै साता उक्त चलचित्रमा आवद्द भएको भुषालले बताए । उनले आफ्नो समय र टीम दुवै मिल्न आएको बताए । ‘चलचित्रको मूख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ । बुलबुलबाट मैले पाएको माया दर्शकबाट नमरोस भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । त्यहि बिचमा यो फिल्मको पनि पाएँ । मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’ मुकुनले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ । स्क्रिप्टमा जे लेखिएको छ पुरै चलचित्रमा देखाउन सकिने गरि लेखिएको छ । समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै चलचित्र बन्नेछ’ ।

यो चलचित्र चरित्रात्मक भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चौलागाईँले बताए । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu