अमेरिकामा ‘मिस्टर नेपाली’ को वाहवाही



यही शुक्रबारबाट नेपाल अधिराज्यभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आइतबार आयोजना भएको चलचित्रको प्रिमियरमा सयौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । चलचित्र हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयको तारिफ गरेका छन् ।

प्रायःले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । भने, कतिपयले विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र देखाउन सुझाएका छन् । चलचित्रले दर्शकलाई हँसाउन पनि सफल भएकोमा निर्देशक देव भुषालले खुसी व्यक्त गरे । चलचित्र हेर्ने दर्शक सन्तुष्ट देखिएको उनले बताए ।


राष्ट्रियताको कथा उठान गरेकाले विदेशमा बस्ने नेपालीका लागि यो चलचित्र अझ सान्दर्भिक लाग्ने अमेरिकाबासी नेपालीको भनाई छ । मंगलबार अमेरिकाको १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा पनि चलचित्रको प्रिमियर हुँदैछ । प्रेमराज दाहाल निर्मित चलचित्रमा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउतको प्रमुख भूमिका छ ।

साहिल र कुसुमले यही चलचित्रबाट डेब्यू गर्दैछन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको ‘मिस्टर नेपाली’ विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । यो चलचित्रमा अभिनेता भुवन केसीले पहिलो पटक दोहोरो भूमिका निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu