‘च च हुई’ प्रति आशावादी आर्यन



लभस्टोरी चलचित्रमा निकै रुचाइएका अभिनेता हुन्, आर्यन सिग्देल । एक समय उनका हरेक फिल्मले बक्सअफिसमा कमालको व्यापार गर्थे । आजभोली उनको स्टारडमले हलसम्म दर्शक तान्न छाडेको छ । पछिल्लो रिलिज चलचित्र ‘हजार जुनीसम्म’ को व्यापारले पनि यसलाई प्रमाणित गर्छ । यो चलचित्रको असफलताले हच्किएका उनी पुनः दर्शकसँग साक्षात्कार गर्न आउँदैछन्, आउँदो मंसिर ६ गते ।

साम्तेन भुटिया निर्देशित ‘च च हुई’ मा उनको प्रमुख भूमिका छ । चलचित्रमा उनी ‘प्रेम’ को भूमिकामा छन्, जो हङकङ रिर्टन्स हो । उनको प्रेमिकाको भूमिकामा अभिनेत्री मिरुना मगर छिन् । चलचित्रमा आर्यनको साथीको भूमिकामा कलाकार भोलाराज सापकोटा छन् । रोमान्टिक-कमेडी जनरामा निर्माण भएको यो चलचित्रबाट अभिनेता आर्यन निकै आशावादी छन् । चलचित्रको ट्रेलर र गीतसंगीत सार्वजनिक भैसकेको छ ।

‘च च हुई’ आफ्नो करिअरको लागि सञ्जीवनी बुटी साबित हुनेमा अभिनेता आर्यन सिग्देल विश्वस्त छन् । यो चलचित्रले बक्सअफिसमा नाफाको व्यापार गर्न सफल भएको खण्डमा उनको फेरि नेपाली चलचित्रमा रजगज सुरु हुने तय छ । अभिनयमा पारंगत मानिने यी चकलेटी अभिनेता ‘च च हुई’ लाई लिएर निकै उत्साहित छन् । चलचित्रमा उनको रोमान्टिक र कमेडी अन्दाज देख्न पाइनेछ । धेरैपछि उनको कमेडी अवतार दर्शकले हेर्न पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu