भुवन र रीमाको ‘मिस्टर नेपाली’ हलमा



आफ्नो समयमा एकसेएक सुपरहिट चलचित्र दिएका अभिनेता भुवन केसीको कमब्याक चलचित्र ‘मिस्टर नेपाली’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । लामो समय छोरा अनमोल केसीको करिअर बनाउन अभिनयबाट दूरी बनाएका उनले यो चलचित्रमा अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गरेका छन् । चलचित्रमा उनले दोहोरो भूमिका निभाएका छन् । भने, एउटा चरित्र नेगेटिभ छ ।


यसअघि कात्तिक २९ गतेका लागि ‘मिस्टर नेपाली’ सहित चार चलचित्रले प्रदर्शन मिति घोषणा गरेका थिए । तर, अघिल्लो हप्ता प्रदर्शनमा आएको हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ को डरले ‘माछा माछा’ तीन हप्ता र ‘सरौतो’ दुई हप्ता पछाडि सर्‍यो । शुक्रबार ‘मिस्टर नेपाली’ सँग अभिनेता शितल केसी अभिनीत चलचित्र ‘सम्हाली राख है’ एकसाथ प्रदर्शनमा आएको छ ।

देव भुषालको लेखन तथा निर्देशन रहेको ‘मिस्टर नेपाली’ मा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवको पनि अभिनय रहेको छ । यो चलचित्रबाट नायकमा साहिल श्रेष्ठ र नायिकामा कुसुम राउतले डेब्यू गरेका छन् । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा चलचित्र आधारित छ । चलचित्रका निर्माता प्रेम राजा दाहाल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu