नेपाली चलचित्रमा जम्न नसकेकी उषा वलिउडमा



श्यामसुन्दर गिरी, ठूलोपर्दा डटकम, काठमाण्डौ।
सानोपर्दालाई मूख्य आधार मान्दै ठुलोपर्दा तर्फ हान्निएकी नायिका उषा पौडेल सानोपर्दामा जती जमिकी थिइन ठूलोपर्दामा खासै जम्न सकिनन् । त्यसर्थ नेपाली चलचित्र बाट चाडैनै हात धोइन । उनी निरन्तर रुपमा अगाडि बढ्दै गइेन र आज बलिउडमा पुगिन् । नायिका उषा पौडेल साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत छिन् । पौडेललाई अब नेपाली पर्दामा होएन बलिउडको पर्दामा सह नायिकाको रुपमा देख्न पाइनेछ ।

ओस्कर विजेता चलचित्र ‘स्लमडग मिलेनियर’मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा पौडेलले हालै छायांकन सकेको चलचित्र ‘सुन लड्की’मा अभिनय गरेकी छिन् । उनले एक चर्चित भारतिय टेलिसिरियलमा पनि अभिनय गरेकी छिन् । सो चलचित्रमा नायक तथा नायिका नयाँ छन् । उषा पौडेल उक्त चलचित्रकी मुख्य सह अभिनेत्री हुन् । नेपालीहरुले यहाँ उषा भनेर चिने पनि भारतमा उषालाई रुकमणी भनेर चिनिने गरेको तथ्य पनि पौडेलले बताएकी छिन् । ‘मेरो वास्तविक नाम रुकमणी हो, बलिउडमा पासपोर्टमा भएको नामबाटै चिनिएकी छु । कसैले रुकमणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा ।’ -उषाले नामको प्रसंग बारे यस्तो सुनाएकी छिन् ।

रुकु,रुकमणी,रुक्मा र उषा नाम जे भए पनि उनी नेपाली नायिका हुन् । यसरी नेपाली नायिका बलिउडमा आफ्नो क्षमता प्रदशन गरेर जम्न सक्नु भनेको आँफैमा गर्व गर्ने अवस्था हो । आशा छ उषा आगामी समयमा नायिका मनिषा कोइराला झैँ नेपालीको प्रतिनिधित्व गर्दै बलिउडमा फरक पहिचान बनाउन सफल हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu