चलचित्रकर्मीलाई सम्मान तथा प्रोत्साहन दिन ‘कामना’ अवार्ड



[one_half last=”no”]kamana-awards[dropcap][/dropcap]फ्नो प्रकाशनको ३० बर्ष पुगेको अवसरमा नेपाली चलचित्रकर्मीहरुलाई सम्मान तथा प्रोत्साहन पुर्याउने हेतुले कामना प्रकाशनको तर्फबाट पहिलो ‘कामना फिल्म अवार्ड’ हुने भएको छ ।

शुक्रवार राजधानीमा एक कार्यक्रम गरी कर्पोरेट कम्पनी सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा यो अवार्ड गर्न लागिएको जानकारी गराईयो ।[/one_half]

उक्त अवार्ड कुल ३१ बिधामा वितरण गरिनेछ । सांगितिक कार्यक्रम सहित संचालन गरिएको सो अवार्ड घोषणा कार्यक्रममा नै कामना पब्लिकेशन र सिजी ईन्टरटेनमेन्टको तर्फबाट पाँच बर्षे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको थियो ।

उक्त कार्यक्रममै यो अवार्ड समारोहको कुनै पनि कार्यक्रम एउटै मितीमा मात्र गरिने पनि घोषणा गरियो । कामना मासिकले स्थापनाकाल देखी नै नेपाली चलचित्र क्षेत्रको विकास तथा प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

पछिल्लो समय नेपाली चलचित्र उद्योगमा शुन्यता छाउन लागिरहेको समयमा आयोजना गरिएको यो अवार्ड वितरण कार्यक्रमले चलचित्रकर्मीहरुलाई सम्मान र प्रोत्साहन दुबै मिल्ने आशा गरिएको कामना प्रकाशनका सम्पादक बिदुर गिरीले बताए ।  तर यो अवार्ड कहिले बितरण गरिने भने घोषणा गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu