अन्तर्राष्टिय लोक साँस्कृतिक मेला हुने



पछिल्लो समय चलचित्र तथा संगितिक क्षेत्रसँग जोडिएर बिभिन्न ‘फेस्टिभल’हरु आयोजना भईरहँदा आउँदो फेब्रुवरी २६ देखी मार्च ७ सम्म ‘सातौ अन्तर्राष्टिय लोक साँस्कृतिक मेला’ हुनेभएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा हुन लागेको यो मेलामा बिभिन्न ११ भन्दा बढी देशका लोक साँस्कृतीलाई प्रस्तुत गरिनेछ ।

lok-mela
१० दिनसम्म चल्ने यो महोत्सवमा ३ सय भन्दा बढी कलाकारहरु सहभागी हुनेछन । नेपालले आफुलाई विश्वसामु प्रस्तुत गर्दै गईरहँदा पनि पर्यटनको महत्वपुर्ण पाटो बन्न सक्ने स्थानिय लोक सँस्कृती नै ओझेलमा पर्दै गईरहेको समयमा यो मेलाले केही हदसम्म भए पनि यसलाई जगेर्ना गर्नको लागी भुमिका खेल्ने आयोजक कल्चरल ग्रुपका अध्यक्ष तथा मेला संयोजक रामचन्द्र कोईरालाले जानकारी दिए ।

lok-mela-1
‘पर्यटक कलाकारको स्वागत सत्कार नेपाली लोक सँस्कृतीको आधार’ भन्ने मुल नाराका साथ २०५९ सालबाट आयोजना गर्न सुरु गरिएको यो महोत्सव हरेक २ बर्षको अन्तरालमा हुँदै आएको छ । महोत्सव (मेला)ले नेपाली सँस्कृतीको उत्थानमा तथा साँस्कृतिक पर्यटनको प्रवर्द्धनमा सघाउ पुर्याउने आयोजकले विश्वास लिएको छ ।

lok-mela-3
यो महोत्सव काठमाडौं, हेटौंडा, पोखरा, धादिङ् लगायतका ठाउँहरुमा हुने छ । महोत्सवमा नेपाल सँगै भारत, जर्मनी, घाना, मेक्सिको, ईन्डोनेसिया, ईरान, कोरिया, श्रीलंका, ईजरायल, बंगलादेश लगायतका देशमा कलाकारहरुले आप्नो-आफ्नो संस्कृती तथा भेषभुषा प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu