कमेडी आरजे अर्जुन के.आर. बने ‘दलाल’



अनिल यादव। रेडियोमा विभिन्न स्वर दिएर श्रोतालाई हसाउँन माहिर चर्चित कमेडी आरजे अर्जुन के.आर. अब ‘दलाल’ बन्ने भएका छन् । तर नझुकिनुस् किनभने उनी वास्तविक जिवनमै दलाल भने बनेका होइन् । नेपाल टेलिभिजनबाट हरेक विहिवार बेलुका प्रसारण हुने चर्चित हास्य टेलिश्रृंखला ‘तितो सत्य’ आज प्रसारण हुने श्रृंखलामा उनी दलालको भुमिकामा देखिदै छन् ।

rj-arjun
आठ वर्षअघी झापाको पाथिभरा एफएमबाट रेडियोमा कार्यक्रम चलाउन शुरु गरेका अर्जुनले गोर्खा एफएम, नेपालवाणी नेटवर्क हुँदै अहिले पुर्ण कमेडी एफएम रेडियो अडियोको सिनियर प्रोगाम प्रोड्युसर भएर काम गरिरहेका छन् । ‘तितो सत्यको आज देखाइने श्रृंखलामा म बिरामीको दलाल बनेर अभिनय गरेको छु’, अर्जुनले भने ।

अर्जुनले तितो सत्यमा अभिनय गरेको यो पहिलो पटक भने होइनन् । उनी कहिलेकाँही पात्रको माग अनुसार नेपाल टेलिभिजनका ३ वटै हास्य श्रृखंला मेरी बास्सै, जिरे खुर्सानी र तितो सत्यमा देखिदै आएका छन् । दलालको यो अभिनय निरन्तर चल्ने हो भन्ने प्रश्नमा अर्जुनले भने , ‘यो अभिनय यसपटकका लागी मात्र हो अर्कोपटक अर्कै भुमिकामा देखिने छु । ’

rj-arjun1
पाथिभरा एफएममा ‘गफाडीको गफ’ नामको चर्चित प्रोग्राम चलाएपछि कमेडी आरजेको रुपमा अर्जुनको चर्चा चुलिएको थियो । अहिले काठमाण्डौस्थित रेडियो अडियोबाट प्रसारण हुने ‘यो मन त मेरो नेपाली हो’, ‘तपाईको भोली के छ ’, र ‘दिपाश्री निरौलासंगको धनियाके धुनिया’ नामका उनका हास्य कार्यक्रमहरु अहिले चर्चामा छन् । रेडियोकर्मीबाट अब सानो पर्दामा छाउन लाग्नुभएको हो भन्ने एक प्रश्नमा अर्जुन भन्दै थिए –‘सानो पर्दा हुँदै ठुलो पर्दासम्म पुग्ने लक्ष्य छ । ’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu