‘मैले बोलेको छैन ढाँटेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण काफ्ले, बुद्ध तामा, अस्मिता अधिकारी र समिक्षा अधिकारीको संयूक्त गायन रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । लोक शैलीको रोमान्टिक गीतको भिडियोमा गायक/गायिका स्वयं फिचर्ड छन् ।
विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा गायक किरण भुजेल अतिथी भूमिकामा देखिएका छन् । निर्देशक कार्कीले गीतको भावअनुसार भिडियो तयार पारेको बताए । युवापुस्ताका दर्शक तथा स्रोतलाई गीत मनपर्ने विश्वास संगीतकार पोखरेलको छ ।




