ठुलो लगानीको प्रचार-प्रसारमा ‘झोले’ | २५ लाख खर्चने तयारी



पछिल्लो समय प्रदर्शनमा आएका दुई चलचित्र ‘बितेका पल’ र ‘छ एकान छ’ले प्रचार प्रसार पनि राम्रै गरे । प्रदर्शनको मिती नजिकिंदै गर्दा देखी प्रदर्शन पश्चात पनि मिडिया देखी हलहरुमा तथा बाहिरी ठाउँका बिभिन्न भित्ताहरु यी चलचित्रका नाममा रङगिए ।

हो, प्रचार प्रसार नै पछिल्लो समय चलचित्र सफलताको माध्यम जस्तै बनिरहँदा अर्को चलचित्र ‘झोले’ले पनि प्रचार प्रसारलाई ब्यापकता दिँदै गईरहेको छ । फागनु ९ गतेदेखि प्रदर्शनमा आउने ‘झोले’ प्रचारका लागि झन्डै २५ लाख खर्चने तयारी रहेको निर्देशक दिपेन्द्र के. खनालले बताएका छन् ।
jhole-promotionनिर्देशक खनालका अनुसार ‘झोले’ले प्रचारको लागि मुख्य राष्ट्रिय दैनिकसँग फिल्मको पोस्टर छाप्ने सम्झौता गरिसकेको उनले जानकारी दिए । त्यस्तै यसै साताबाट काठमाडौं बाहिरका मुख्य स्थानमा फिल्मका ३० वटा होर्डिङ बोर्ड राख्ने तयारी गरिरहेको पनि बताए । यो सँगै हल, रेडियो, टेलिभिजन, अनलाइनमा पनि प्रचार प्रसारलाई ब्यापक बनाउने तयारीमा झोले युनिट लागेको छ ।

यो चलचित्र पुर्णतः कमेडी चलचित्र हो । चलचित्रमा प्रियंका कार्की, दयाहाङ राई, ए.गुरुङ मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu