प्रधानमन्त्रीले लेखेको ‘स्वदेशमै रोजगारी’ गीत सार्वजनिक (भिडियो)



युवा नेता रमेश पौडेलको संयोजनमा किरण क्रियशनद्वारा निर्माण गरिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ एल्बममा समावेश प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचना गरिएको गीत ‘स्वदेशमै रोजगारी’ बोलको गीत सार्वजनिक भएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगमा निर्माण भएको भिडियोलाई वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशन गरेका हुन् ।

उक्त भिडियोमा अभिनेत्री पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ भने प्रधुम्न मिश्रको छायांकन छ । शान्तिराम राईको संगीतमा शान्तिराम राई र मेलिना राईको स्वर रहेको गीतको भिडियोलाई किरण क्रियशनले बजारमा उपलब्ध गराएको हो । गीतकार केपी शर्मा ओलीले गीतमा व्यक्त गरेको भावअनुसार गीतको भिडियो निर्माण गरिएको निर्देशक निरौलाले बताए ।

समृद्ध नेपाल निर्माणको लागि प्रधानमन्त्रीको योजनाअनुसार सम्पूर्ण नेपालीलाई आफ्नै देश समृद्ध बनाउन एकजुट भई राष्ट्र निर्माणको अभियानमा सामेल हुन गीतमार्फत् आह्वान गरिएको छ । मोहन निरौला, रविन्द्र खड्का, पवित्रा आचार्य, चेत ब. सिंह राजा, रामेश्वर बुर्लाकोटी, प्रकृति केसी, रमेश पौडेल, उद्धब भट्टराई, गोपाल ढकाल, जीवन थापा, सुनिल कटुवाल लगायतको भिडियोमा अभिनय रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu