अष्ट्रेलियाको गोल्ड क्लासमा ‘ऋतु’ देखाईँदै



पछिल्लो समय प्रदर्शन पश्चात नै चर्चामा रहेका चलचित्र मध्यको एक चलचित्र ‘ऋतु’को अष्ट्रेलियामा बिशेष ‘सो’ हुने भएको छ । यो चलचित्रलाई अष्ट्रेलियाको सबै भन्दा ठुलो मल्टिप्लेक्स चेन रहेको इभेन्ट्स सिनेमाजको ‘गोल्ड क्लास’मा देखाइने भएको हो ।

आगामी ६ मार्चमा अष्ट्रेलियामा रहेका नेपालीमाझ गोल्ड क्लासमा यो चलचित्र देखाईने छ । सोही दिन मै २ वटा बिशेष भिआईपी प्री-शो हुनेछन । यो चलचित्र औपचारिक रुपमा भने मार्च ७ तारिख अर्थात नेपाली मिती अनुसार यही फागुन २३ गतेबाट नेपालमा रिलिज हुनेछ ।

गोल्ड क्लासको पर्दामा हालसम्म कुनै पनि नेपाली चलचित्रले अवसर पाएका छैनन । मनोज अधिकारीले निर्देशन गरेको यो चलचित्र ‘ऋतु’मा अपिल बिष्टले लगानी गरेका छन । चलचित्रमा राजबल्लभ कोइराला, मलिना जोशी, रिमा बिश्वकर्मा लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।

ritu

 

नेपालमा कुन चलचित्र चल्छन र कुन चलचित्र चल्दैनन भन्ने नै अन्यौल जस्तै बनिरहेको अबस्थामा निर्माताले लगानी उठाउनको लागी पहिले देखी नै नेपाली चलचित्रहरु विदेशमा प्रिमियर गरिँदै आईएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu