चौतर्फी प्रशंसा बटुल्दै ‘मोक्ष’ दुई दिनमै १ करोड कलेक्सनको अनुमान



mokshyaराजधानीको कुनै एक हलमा सोमवार साँझ चलचित्र ‘मोक्ष’को दोस्रो बिशिष्ठ ‘च्यारिटी सो’ सम्पन्न भयो । पहिलो च्यारिटीबाट नै राम्रो चलचित्र बनेको भन्दै धेरैले तारिफ गरेपछी उत्साहित भएका निर्माता सुनिल मानन्धर निकै खुसी देखिएका थिए ।
निर्देशक प्रबिण श्रेष्ठकै जीवन कहानी समेटेर निर्माण गरिएको यो चलचित्र हेरेपछी कुनै पनि दर्शकले चलचित्रलाई खोट लगाउने शब्द नै भेटेनन । सबैले धेरै उत्कृष्ट चलचित्र बनाएको भन्दै राम्रो प्रतिक्रिया सहित बधाई दिईरहँदा निर्माता सुनिल मानन्धरले पनि आफ्नो चलचित्रले रिलिज पछिको दुई दिनमै १ करोडको ब्यापार गर्ने ठोकुवा गरेका छन ।
अहिलेसम्म चलचित्र हेर्ने सबैजसो दर्शकले राम्रो भनेको अनि हेर्न आतुर भनेका अन्य दर्शकमा रहेको चलचित्र प्रतिको चासो र उत्सुकता देख्दा चलचित्र एकहदसम्म हरेक पक्षबाट सफल भईसकेको महसुस भएको छ, सुनिलले ठुलोपर्दासँग दाबी भने प्रदर्शन पछीको दुई दिनमा नै ‘मोक्ष’ले एक करोड बराबरको व्यापार गर्ने निश्चित छ ।
निर्देशकको कथामा बनेको यो चलचित्रमा स्पाईल ईन्जुरीबाट पीडित एक युवकको रुपमा नायक कोशिस क्षत्री देखिएका छन भने चलचित्रमा नायिका बेनिसा हमाल सहित बिक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराईली, बसन्त भट्ट, रश्मी भट्टको पनि अभिनय रहेकोछ । चलचित्रमा सबै पात्रको अभिनय दमदार रहेको प्रतिक्रिया दर्शकले दिएका थिए ।
बिभिन्न च्यारिटी सो बाट दर्सकको तर्फबाट चौतर्फी वाहीवाही बटुलेको यो चलचित्रले रिलिज पश्चात पनि दर्शकको राम्रो साथ पाउने धेरैले अनुमान गरेका छन । यो चलचित्र यही शुक्रवारबाट अलनेपाल रिलिजको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu