अञ्जुको स्वरमा ‘आमाले नदुखाउनु मन’ सार्वजनिक (भिडियो)



‘धरोधर्म विद्यानास’, ‘लोभी आँखा’, ‘मलेवा चरी’ जस्ता चर्चित गीतका सर्जक तथा गायक श्रीकृष्ण बम मल्लको लय तथा शब्द सिर्जनामा चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘आमाले नदुखाउनु मन’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ ।

भिडियोमा श्रीकृष्ण बम मल्लको निर्देशन रहेको छ भने विकास ज्ञावलीको सम्पादन छ । भिडियोलाई विनोद खड्काले खिचेका हुन् । कोरोनाको संक्रमणले श्रीमानको निधन भएपछि श्रीमतीको वेदना गीतमा उतारिएको छ । गीतको शब्द मनछुने छ ।

गीतमा करिश्मा ढकाल, मनोज कार्की, स्नेह राना, दिलिप राना, याम सिरिस, कौसिला घर्ति मगर, सोनिया मल्ल, सनम मल्ल, गङ्गा मल्ल, सोनी मल्ल, समिर मल्ललगायतको अभिनय रहेको छ । संगीतकार मल्ल गीतले दर्शक तथा स्रोताको मन जित्नेमा विश्वस्त छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu