चलचित्रको पर्दामा ‘सेतो बाघ’ कस्तो देखिएला ?



पछिल्लो समय नेपाली कथा तथा उपन्यास माथी रहेर चलचित्र निर्माण गर्ने क्रम बढ्दो छ । पछिल्लो समय प्रदर्शनमा आएको कृति ‘मसान’मा चलचित्र र प्रदर्शनको लागी तयार ‘झोला’ कथामा आधारित चलचित्रले चर्चा पाईरहँदा मंगलवार राजधानीमा अर्को कृति ‘सेतो बाघ’मा आधारित रहेर चलचित्र निर्माण गरिने घोषणा भएको छ । प्रसिद्ध कलाकार नीर शाहले ‘सेतो बाघ’ निर्देशन गर्नेछन ।

Seto Bagh

कार्यक्रममा बोल्दै शाहले ‘सेतो बाघ’लाई चलचित्रको पर्दामा मात्र उतार्ने नभई टेलिसिरियल पनि बनाउने उद्घोष गरे । साहित्यीक कृतिहरु माथि फिल्म निर्माण गर्न रुचाउने फिल्मकर्मी नीर शाहले डायमण्ड शमशेरको ऐतिहासिक उपन्यास ‘सेतो बाघ’ माथि पनि फिल्म एवं मेगा सिरियल निर्देशन गर्ने घोषणा गरेका छन् । यसअघी ‘मसान’ कृति माथीको चलचित्र पनि शाहले नै बनाएका थिए ।

उक्त कार्यक्रममा डायमण्ड शमशेराका छोराले आफ्नो पिताको कृति भन्दा पनि ऐतिहासिक कृतिमाथि फिल्म बन्न लाग्दा अत्यन्त हर्षित भएको बताए । चितवन, मकवानपुर र काठमाण्डौं उपत्यकाका विभिन्न स्थलमा फाल्गुन पहिलो हप्ता देखि सिरियल र चलचित्रको सुटिङ सुरु गरिने छ ।

seto bahg

‘सेतो बाघ’मा जंगबहादुरको कहानी समेटिएको छ ।  साहित्यको मर्मलाई कहि नबिगार्ने उद्घोष सहित शाहले ‘सेतो बाघ’ सिरियल ९१ एपिसोडको हुने र चलचित्र २ घण्टा ३० मिनेटको हुने बताए । चलचित्रको निर्माण घोषणा पनि जंगबहादुरको अवशेष बाँकी रहेको एक मात्र स्थल भनिएको थापाथली स्थित पाञ्चायन प्राङगणमा गरिएको थियो ।

यो प्रोजेक्टलाई सञ्जय लामाले खिच्नेछन् । ‘सेतो बाघ’ चलचित्र तथा सिरियलमा सबैजसो कलाकार नयाँ हुनेछन, भने चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता (पप्पु) अतिथी कलाकरको रुपमा देखिनेछन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu