सुमन सिंहले झरनासँग साथ नछोड्ने कसम खाएपछी …



नायक सुमन सिँहले नायिका झरना थापालाई कसम खाएर नै साथ नछोड्ने प्रतिबद्धता गरेका छन । यो कुरा कुनै यथार्थमा नभई प्रदर्शोन्मुख चलचित्र ‘प्रेमिका’को सार्वजनिक भएको ट्रेलरमा दनले यस्तो कुरा गरेको देख्न तथा सुन्न सकिन्छ ।

आगामी फागुन १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘प्रेमिका’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार यो चलचित्रको निर्माण युनिटले आफ्नो चलचित्रको अपिसियल ट्रेलर सार्वजनिक गरेको हो ।

राम्जी लामिछानेले निर्देशन गरेको यो चलचित्र पुर्णत; प्रेम कथामा आधारित चलचित्र हो । यो चलिचत्रमा सुमन सिंह र झरना थापाले लिड रोलमा अभिनय गरेका छन । आफ्नो निर्देशनमा बनेर पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रले सोचेनुसार सन्तोष पाउन नसकेका निर्देशक लामिछानेले यो चलचित्रले दर्शकको मन जित्नेमा आशाबादी रहेको बताएका छन ।

यो चलचित्रलाई रबि आचार्यले निर्माण गरेका हुन । चलचित्रमा कथा सुशिल पोखरेलको रहेको छ ।

ट्रेलर हेर्नुहोसः

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu