फ्राईडे रिलिजः तीन चलचित्र मध्ये ‘मोक्ष’ र ‘झोला’ प्रतिस्पर्धामा



फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शन पहिला नै चर्चामा रहेका दुई चलचित्र ‘मोक्ष’ र ‘झोला’ सहित तुलनात्मक रुपमा कम चर्चामा आएको चलचित्र ‘मुटु’ पनि प्रदर्शनमा आएको हो ।

‘मोक्ष’
यो चलचित्रलाई सुनिल मान्नधरले निर्माण गरेका हुन् । चलचित्र प्रबिण श्रेष्ठको निर्देशनमा तयार भएको हो । यो चलचित्रमा निर्देशक श्रेष्ठकै जीवन कहानी समेटिएको छ । कुनै सांगितिक ब्याण्डको एक सदस्यको ‘स्पाईनल ईन्जरी’ भएपछिको जीवनकथा चलचित्रमा चित्रित छ ।

mokshya
यो चलचित्रमा कोशिस क्षेत्री, बेनिशा हमाल प्रमुख पात्रका रुपमा अभिनय गरेका छन् । चलचित्र ‘मोक्ष’ शुक्रवारदेखी देशका झन्डै ७५ वटा पर्दाबाट प्रदर्शनमा आएको निर्माता तथा वितरक सुनिल मानन्धरले जानकारी दिएका छन् ।

‘झोला’
कुनै समय नेपाली समाजमा जरो गाडेर बसेको सति प्रथाको यथार्थतालाई पर्दामा उतारेर ‘झोला’ चलचित्र तयार गरिएको यो । यादव भट्टराईले निर्देशन गरेको यो चलचित्र कथाकार कृष्ण धाराबासीको कथा ‘झोला’मा आधारित छ ।

Jhola Poster
एक सय वर्ष अगाडीको सती प्रथामा आधारित चलचित्रमा सतीको भूमिकामा गरिमा पन्तले अभिनय गरेकी छिन् । रामगोपाल थापा, राज तिमिल्सिना र सुशील शाहको संयुक्त लगानी रहेको चलचित्रमा गरिमा सँगै सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल, प्रल्हाद खतिवडाको पनि अभिनय रहेको छ ।

‘मुटु’
यो चलचित्रलाई सूर्य बोहोराले निर्देशन गरेका छन् । चलचित्रमा केकी अधिकारी, विमलेश अधिकारी र मुकेश आचार्यको मुख्य भूमिका छ । यो चलचित्र प्रेमकथामा आधारित चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu