संचारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । अश्विन अधिकारीको शब्द तथा संगीतमा गीत तयार भएको हो । पहिलो पटक गीतमा आवाज भरेकी राधिकाको स्वरलाई दर्शक/स्रोताले निकै रुचाएका छन् ।

हरि हुमागाँइको छायांकन रहेको यो गीतको भिडियोमा राधिका स्वयंले मोडलिङ गरेकी छिन् । भिडियोलाई रमेश थापाले सम्पादन गरेका हुन् । गीतमा प्रेम आशक्ति व्यक्त गरिएको छ । केही सपना र केही रहर पुरा गर्न आफूले गीत सार्वजनिक गरेको राधिका बताउँछिन् ।
राधिकाले दर्शकले आफूलाई गायिकाको रुपमा स्विकार गरेको खण्डमा चाँडै अर्को गीत पनि सार्वजनिक गर्ने बताएकी छन् । उनी लामो समयदेखि रेडियो अडियोेमा कार्यक्रम सञ्चालिकाको रुपमा कार्यरत छिन् ।
भिडियो :-