बैबाहिक जीवनमा बाँधिए निशान भट्टराई



पछिल्लो गीत ‘के माया लाग्छ र ?’ का कारण चर्चामा रहेका गायक निशान भट्टराईले विवाह गरेका छन् । मंगलवार कृष्णा जन्माष्टमीको अवसर पारेर उनले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

निशान र ऋचाले काभ्रेस्थित धुलिखेल जिल्ला अदालत पुगेर विवाह गरेका हुन् । उनीहरुको नेपाल बार एशोसियनका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराएको जानकारी प्राप्त छ ।

पहिलो नेपाल आइडलका फस्ट रनरअफ समेत रहेका निशान भट्टराई अहिलेका व्यस्त गायकमध्ये एक हुन् । छोटो समयमा आफ्नो गायन कलाबाट सफलताको सिढी चढेका उनले नेपाली चलचित्रका गीतमा पनि आवाज भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu