विनोदले ल्याए ‘कालापानी’ गीत (भिडियो)



नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि हस्तक्षेप गर्दै आएको छ । लिपुलेक र लिम्पियाधुरा भएको नयाँ नेपाली नक्सालाई समेत भारतले स्वीकार गरेको छैन । नेपालीहरुले भने नेपालको भूमिमा भारतले कब्जा गरेको सह्य नहुने भन्दै आवाज उठाइरहेका छन् । सीमा विवादकै कारण दुई देशको सम्बन्धमा समेत दरार आएको छ ।

नेपाली भूमिमा भारतले गरेको हस्तक्षेपको विषयमा गायक विनोद ढकालले ‘कालापानी’ बोलको रक गीत सार्वजनिक गरेका छन् । गीतमा नेपालको भूमि कालापानी र लिपुलेक भारतलाई हस्तक्षेप गर्न नदिने भनिएको छ । गायक ढकाल स्वयंले भिडियोको निर्देशन गरेका छन् । लक्ष्मण सुनवारले भिडियोको सम्पादन गरेका हुन् ।

अरोन अशोक कुमार र कुवेश तामाङले गीतको भिडियो खिचेका हुन् । गायक ढकालले राष्ट्रप्रति समर्पित गरेर गीत सार्वजनिक गरेको बताएका छन् । नेपालको शिर मानिने सगरमाथा पनि हस्तक्षेप गर्न नदिने गीतमा भनिएको छ । उनी यो गीत दर्शक तथा स्रोतलाई मनपर्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu