मृगौला पिडितको लागि ‘सकिन भुल्न तिमीलाई’को च्यारिटि



सी.पी. जैशी, कैलाली। फिल्म रिलिज पूर्व गरिएको च्यारिटी शोबाट पाएको सकारात्मक प्रतिक्रियाले चलचित्र सकिन भुल्न तिमीलाई’ले सफलता पाउने लक्षण देखाएको फिल्मकी कलाकार पानाह अधिकारीले दाबी गरेकी छन् । टिकापुर आएको बेला पत्रकारसँग कुरा गर्दै रिलिज पूर्व फिल्मले राम्रोप्रतिक्रिया पाएको
पानाहले बताएकी छिन् ।

फिल्मले ‘इनिसियल’ व्यापार गर्ने भन्दा पनि ‘वर्ड अफ माउथ’ले चल्ने कुरामा आफ्नो टिम ढुक्क रहेको उनको कथन थियो । निर्देशक राज बस्नेतले चलचित्र सत्य प्रेम कथामा आधारित रहेर फिल्म बनेको हुनाले दर्शकलाइ फिल्मले सबै किसिमको मनोरञ्जनको साथै सन्देश समेत दिने उनले बताए ।

sakina-bhulna-timilai
फिल्मको संगीत पनि राम्रो भएकोले फिल्मका गीत संगीत उत्कृष्ट बनेको र यतिबेला चर्चामा रहेको राजको भनाई छ । फिल्मका अधिकांश कलाकार नया तथा पुराना र कलाकारिताको अन्य क्षेत्रमापनि अनुभवी रहेको उनको कथन थियो । आफू स्वयं विगत लामो समयदेखि फिल्म क्षेत्रमा नै सक्रिय रहेको उनले दाबी गरे ।

यहि फाल्गुन १६ गते रिलिज हुन लागेको यो फिल्ममा सुसान्त कार्की, पानाह अधिकारी लगाएतको मुख्य भूमिका छ । फिल्मको कथा लेखन पनि नायिका पानाह अधिकारीको रहेको छ । यो चलचित्र निर्माण निर्देशक राज बस्नेत ले गरेका हुन् ।

आज टिकापुरमा गरेको पहिलो च्यारिटी शो बाट उठेको सबै रकम को केहि अंसबाटको एक लाख पन्ध्र हजार रुपैँया टिकापुरका स्थानिय बासिन्दा तथा दुवै मिर्गौला पिडित लक्ष्मण चौधरीलाई प्रदान गरिएको निर्देसक राज बस्नेतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu