आस्थाको ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक (भिडियो)



गायिका आस्था राउतको स्वरमा रहेको ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत तथा शब्द रचना सुरेश अधिकारीको छ । गीतको भिडियोको निर्देशन शान थापाले गरेका हुन् ।

सावित्री राउतको निर्माण रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । दीया मास्के र मनोज जोशीले गीतको भिडियोमा अभिनय रहेका छन् । राजिव समिरको कोरियोग्राफी रहेको गीतका छायाँकार अर्जुन तिवारी हुन् ।

माइती र चेलीको सम्बन्धलाई प्रस्तुत गरिएको गीतले माइती घर छोडेर पराइघर गएकी छोरीले माइतीलाई लामो समय भेट्न नपाउँदाको बेदनालाई समेटेको छ । माइतीको अभावमा माइतीले दिएको चिनो हेरेर चित्त बुझाइरहेकी चेलीले त्यो पनि गुमाउनु पर्दाको पीडालाई गीतमा समेटिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu