दर्शकको आकर्षणमा ‘मोक्ष’ र ‘झोला’



गत शुक्रवारदेखी अलनेपाल रिलिज भएका दुई चलचित्र ‘मोक्ष’ र ‘झोला’ अहिले दर्शक आकर्षणमा केन्द्रित छन् । पुर्वानुमान अनुसार दर्शक तान्न नसकेका यी दुई चलचित्रमा अहिले विस्तार-विस्तार दर्शक थपिँदै गईरहेका छन् ।

तुलनात्मक रुपमा रिलिजको दिन शुक्रवार भन्दा शनिवार दर्शक बढेका थिए । शनिवारको पहिलो सो मा केहि चलचित्र हलहरुमा ‘झोला’ हाउसफुल पनि भयो । भने ‘मोक्ष’को पक्षमा पनि दर्शक राम्रै देखिएका थिए । आफ्नो चलचित्र ‘मोक्ष’मा माउथ पब्लिसिटीले गर्दा नै दिनदिनै दर्शक बढ्दै गइरहेको निर्माता सुनिल मानन्धरले बताए । उनका अनुसार आइतवारको पहिलो सो मा पनि ‘मोक्ष’ हेर्ने राम्रो दर्शकहरु हलमा पुगेका छन् ।

benisha-garima1

बिशेषतः वास्तविक कथामा आधारित रहेका यी दुई चलचित्र नेपाली समाजको कथासँग सिधा जोडिएका अनि कुनै समयको यथार्थतासँग मेल खाने बिषयबस्तुमा बनेकोले पनि दर्शकमा यी चलचित्र हेर्ने ‘क्युरिसिटी बढेको देखिन्छ ।

चलचित्र ‘मोक्ष’ निर्देशक प्रविण श्रेष्ठको जीवनकहानी मा आधारित चलचित्र हो । यो चलचित्र मा कोशिस क्षेत्री र बेनिशा हमाल प्रमुख भुमिकामा छन् । झोला सय बर्ष अगाडीको सति प्रथामा आधरित चलचित्र हो । यो चलचित्रमा नायिका गरिमा पन्तले सति बन्नुपर्दाको नेपाली महिलाको अवस्थालाई पर्दामा प्रस्तुत गरेकी छन् ।

कुनै समय ब्ल्कबस्टर बनेको नेपाली चलचित्र ‘लुट’ले पनि माउथ पब्लिसिटी को कारण नै दोस्रो हप्ताबाट झनै राम्रो व्यापार गरेको थियो । त्यसैले यी दुई चलचित्रमा पनि माउथ पब्लिसिटीको कारण नै दिनदिनै दर्सक बढ्दै जाने अनुमान धेरैले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu