साजनले ल्याउँदैछन् ‘माया नयनी ताल’



गायक सरोज साजन श्रेष्ठ (एस थ्री) को स्वरमा रहेको नयाँ गीत ‘माया नयनी ताल’ को भिडियोको छायांकन सकिएको छ । गीतको भिडियोमा टिकटकमा बनाएको भिडियोबाट चर्चामा आएका सुधिर श्रेष्ठ, रियाशा दाहाल र सुशील रेग्मीको अभिनय रहेको छ । सरोज साजन श्रेष्ठकै शब्द, संगीत र स्वर भएको गीतमा नेपाली लोक र पप जनरालाई फ्युजन गरिएको छ ।

ललितपुर र काठमाडौँमा छायांकन भएको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, सुरेन बसेलको नृत्य निर्देशन, दिपेन गौतमको निर्माण नियन्त्रण रहेको छ । सरोज साजन श्रेष्ठ प्रस्तुति र अन्तर्राष्ट्रिय कम्पनि नेप्सिनेको भिडियो निर्माण रहेको यस भिडियोमा निर्माता प्रेम रेग्मी रहेका छन् ।

केही दिनमा सार्वजनिक हुन लागेको गीतको भिडियोमा नेप्सिनेकोतर्फबाट रायन रेज कार्यकारी निर्माता हुन् । यतिबेला भिडियोको सम्पादन कार्य नेप्सिने फिल्म स्टुडियोमा विकाश दाहालले गरिरहेका छन् । भिडियोलाई तीजपछि रिलिज गरिने निर्माण पक्षले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu