युवा बेरोजगार भएपछि यसरी तोरी लाहुरे बने | भिडियो



[dropcap]फा[/dropcap]ल्गुण २३ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘तोरी लाहुरे’को अफिसियल ‘ट्रेलर’ सार्वजनिक गरिएको छ । आइतवार सार्वजनिक गरिएको उक्त ‘ट्रेलर’बाट बेरोजगार युवाहरुको पीडालाई चलचित्र भित्र ब्याङ्ग्यात्मक रुपमा झटारो हानेको सहजै अनुमान सकिन्छ ।

एनबि महर्जनको निर्देशनमा यो चलचित्रको कथा कृष्ण आचार्यले लेखेका हुन । युवाहरुको पीडालाई कमेडी रुपमा झटारो हानिएको यो चलचित्र ‘रिदम एण्ड दिलिप फिल्मस’को ब्यानरमा तयार भएको हो ।

tori-lahure
यो चलचित्रमा दिल कुमार तामाङ ‘वाले’ र रोशफि तामाङको लगानी रहेको छ । चलचित्रमा रोहित रुम्बा, गजित बिष्ट, अशिष्मा नकर्मी, सुवास थापा, समुना केसी, लगायतको अभिनय छ ।

निरज कँडेलले खिचेको ‘तोरी लाहुरे’मा संगित सन्तोष राजको रहेको छ भने सुरेन्द्र पौडेलको सम्पादन र द्धन्द निर्देशन शंकर महर्जनको रहेको छ ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu