महेश्वरको ‘मुटुभरी देश बोकी’ सार्वजनिक (भिडियो)



कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘मुटुभरी देश बोकी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो ।

रुपन्देहीको देवदहका स्थायी बासिन्दा गीतकार शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्छन् । प्रस्तुत गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल तथा सुमधुर स्वरकी धनी गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ ।

यो गीतलाई सुगम संगीतका स्थापित संगीतकार आनन्द राईले संगीतबद्ध गरेका छन् । महाराज थापा यो गीतका संगीत संयोजक हुन् भने साजन शाहले यो गीतलाई मिक्सिङ गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोलाई राज पोखरेल र दीपेन्द्र भट्टले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

यो गीतको म्युजिक भिडीयोमा रचनाकार महेश्वर शर्मा , गायक रामकृष्ण ढकाल, गायिका मेलिना राई, संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मालाई समेत देख्न सकिने छ भने कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu