नेपाली आइटम डान्सर अर्चना देलाल अब बंगलादेशी नायिका



बिभिन्न नेपाली कलाकारहरुले बलिउड तथा हलिउडका चलचित्र हरुमा अभिनय गरिरहँदा अब भने नेपाली कलाकारको सहभागिता बंगलादेशी चलचित्रमा समेत हुने भएको छ । नेपाली चलचित्रकी नायिका तथा आईटम गर्ल अर्चना देलाल बंगलादेशी चलचित्र ‘सादा कालो आकाशेर क्यानभासे’ (‘मायाको परिचय’) मा नायिकाको लागी आबद्ध भएकी छन् ।

archana-main
सोमवार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत अर्चनाले ‘सादा कालो आकाशेर क्यानभासे’ नामक चलचित्रमा अभिनय गर्न लागेको जानकारी गराईएको हो । नेपालीमा यो नामको अर्थ ‘मायाको परिचय’ भन्ने हुन्छ । चलचित्रको निर्देशन बंगलादेशी निर्देशक तनविन रफिकले गर्नेछन् । करिव ६० प्रतिशत सुटिङ नेपालमा नै गर्ने भनिएको यो चलचित्रमा नेपालको तर्फबाट अर्चनामात्र देखिनेछन् ।

यो चलचित्रको लागी बिभिन्न नेपाली नायिकाहरुको अडिसन लिएको भएपनि अर्चना सवैभन्दा उत्तम देखिएकी तथा बंगलादेशी नागरिकको अनुहारसँग मिल्ने खालकी देखिएको भएर उनलाई लिईएको निर्देशक रफिकले कार्यक्रममा जानकारी दिए । यो चलचित्रको छायांकन आउँदो मार्च महिनाबाट सुरुवात गरिने जानकारी दिईएको छ । ‘स्टारडम इन्टरटेन्मेन्ट’को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा बंगलादेशी नागरिक नतिमिर खालिदले लगानी गर्दैछन ।

Archana-1
पछिल्लो २६ बर्ष यता नेपाल र बंगलादेशको संयुक्त हातेमालोमा कुनै पनि चलचित्र निर्माण नभएको परिबेशमा आफुले ‘सादा कालो आकाशेर क्यानभासे’बाट पुनः थालनी गरेको दावी निर्देशन गर्न लागेका रफिकको छ । कार्यक्रममा बोल्दै नायिका तथा आईटम गर्ल अर्चनाले बंगाली चलचित्रमा अभिनय गर्न पाउनु आफ्नो लागी निकै खुसीको कुरा भएकोले यो चलचित्रमा जति सक्दो राम्रो काम गर्न कोशिस गर्ने बताईन् ।

उक्त चलचित्रको लागी आफु छानिएको खवर सुन्नासाथ आफुमा खुसीको सिमा नै नाघेको बताएकी अर्चनाले नेपाल बाहिरको चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित भएको पनि बताईन् । यसअघि ‘ढुवानी’ नामक नेपाली चलचित्रको आइटम गीतबाट चर्चामा रहेकी अर्चनाले छिट्टै रिलिज हुने ‘दमदार’ नामक नेपाली चलचित्रमा पनि आइटम नृत्य गरेकी छिन्।  यो चलचित्रको बंगलादेशमा ४०% र नेपालमा ६०% छायांकन हुनेछ। पोखरा र नगरकोट यो चलचित्रमा नेपालको लागि छानिएका शुटिङ् स्पट हुन्। यो चलचित्र थ्रिलर लभ स्टोरीमा आधारित रहने निर्देशन रफिकले बताए।

पछिल्लो समय नेपाली दृश्य समेट्ने भन्दै धेरै बिदेशीभाषी चलचित्रहरुको निर्माण घोषणा गर्दै आईएको भए पनि कुनै पनि चलचित्रको निर्माण को कार्यको थालनी समेत भएको छैन । आशा गरौं यो चलचित्र निर्माणको प्रक्रियामा नै जानेछ र नेपाली चलचित्रकर्मीलाई बंगाली चलचित्रमा समेत अभिनय गरेको देख्न पाईनेछ ।

त्यस्तै, सोहि टिमको अर्को प्रोजेक्ट पनि सँगसँगै सुरु हुँदैछ। कलाकार छनौट भईनसकेको ‘गुड इभिनिङ् काठमाण्डौ’को पनि काम सुरु हुने भएको छ। एक जना नेपाली नायिका साथै एक नायिका र एक नायक बंगलादेशी रहने सो चलचित्रलाई पनि रफिकले नै निर्देशन गर्दैछन्। यो चलचित्रको १०% बंगलादेश र ९०% नेपालमा छायांकन हुनेछ। यो चलचित्र पूर्ण प्रेमकथामा बन्नेछ।

ठुलोपर्दाको चलचित्रमा डेब्यु गर्न लागेका तरविन रफिक बंगलादेशी टेलिभिजन सिरियल तथा म्युजिक भिडियोका ख्यातिप्राप्त निर्देशक हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu