‘नेपाल आइडल सिजन–३’ को विजेता बनिन् सज्जा



काठमाण्डौ। शुक्रबार फाईनल भएको ‘नेपाल आइडल सिजन–३’ को उपाधि सज्जा चौलागाईंले प्राप्त गरेकी छन् । फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरण भुजेलले भए । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेता घोषणा गरिएको हो ।

उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । फर्स्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । यो रियालिटी शो एपी वान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको छ ।

आइडल टिमकै एक जनामा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि फाईलन कार्यक्रम सामान्य तवरले गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu