सज्जाको गायन यात्रा: ठमेल, दरबारमार्गका लाउन्जबार हुँदै ‘नेपाल आइडल’ विजेता सम्म



काठमाण्डौ। शुक्रबार साँझ ‘नेपाल आइडल ३’ की विजेता बनेकी सज्जा चौलागाईँको सांगीतिक यात्रा केहि लामो छ । नेपाल आइडल प्रवेश अगाडी उनको नाम सुनिएको थिएन, तर पनि उनले गाउन थालेको केहि बर्ष भईसकेको छ ।

मोरङ पथरीकी सज्जा ‘नेपाल आइडल’मा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा चुलियो । आकर्षक प्रस्तुति र बोल्ड स्वरको कारण नेपाल आइडल भर चर्चामा रहेकी उनले ‘नेपाल आइडल’ आउनु अगाडी ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउने गर्थिन् ।

उनले क्याम्पसमा अध्ययनसँगै गीत गाउने गरेकी थिईन् । सज्जाले हाल स्नातक तह अध्ययन गरिरहेकी छन् । सज्जाको गायन यात्रामा उनको परिवारले सँधै साथ दियो ।

‘नेपाल आइडल’को विजेता बन्दा उनले दोश्रो पटक सफल महशुस गरिन् । पहिलोपटक उनि कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेकी थिइन् । सज्जाले ‘दी लोडिङ’ नामको एक ब्यान्ड पनि स्थापना गरेकी थिइन् । उनले ब्यान्डको तर्फबाट विभिन्न स्थानहरुमा लाइभ गीत गाउने गरेकी थिइन् । पहिलो पटक फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गीत गाएकी सज्जाले लाउन्जहरूमा दैनिक तीन चार घण्टा हिन्दी, रक र अंग्रेजी गीत गाउन सक्थिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu