फेरी हुँदैछ आर्यन र नम्रताको अनस्क्रिन रोमान्स



[dropcap]ने[/dropcap]पाली चलचित्रमा कुनै समयको हिट तथा धैरैले रुचाएको जोडी हो, आर्यन सिग्देल र नम्रता स्रेष्ठको जोडी । यसअघि ‘मेरो एउटा साथी छ’ मा देखिएको यो जोडीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । चलचित्र हिट चलचित्रक सुचिमा परेको थियो, तर यो बीचमा लामो समयसम्म आर्यन र नम्रतालाई पर्दामा सँगै देख्न नपाएका दर्शकहरुको लागी खुसीको कुरा बनेको छ, चैत्र १४ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोभेम्बर रेन’ ।

यो चलचित्रमा दर्शकहरुले आर्यन र नम्रताको अनस्क्रिन रोमान्स देख्न पाउनेछन् । प्रदर्शन पहिले नै धेरैले यो चलचित्रलाई मनपराउने आशा गरिएको छ, भने ‘मेरो एउटा साथी छ’को जोडीलाई ‘नोभेम्बर रेन’मा दर्शकले कसरी लिन्छन भन्ने पनि आंकलन सुरु भएको छ ।

november-rain
यो चलचित्रमा आर्यन र नम्रता सँगै छुल्ठिम गुरुङ पनि देखिनेछिन् । चलचित्र प्रेमकथामा आधारित रहेर तयार गरिएको निर्माण युनिटले बताएको छ । यो चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन्, भने निर्देशन ‘आई एम सरी’ निर्देशक दिनेश राउतले गरेका छन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्र ‘नोभेम्बर रेन’मा आर्यनको आफ्नै कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्ट प्रालीको तर्फबाट आर्यनले समेत लगानी गरेका छन् । यसअघि ‘हो यही माया हो’ बनाएका सुवासले दोश्रो चलचित्र स्वरुप ‘नोभेम्बर रेन’ निर्माण गरेका हुन् ।

यो चलचित्रलाई राजेश सिंहले खिचेका हुन भने चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व तथा ताराप्रकाश लिम्बुको संगीत रहने छ । यो चलचित्रको कथा चेतन गुरुङले लेखेका हुन् ।

विशुद्ध प्रेमकथामा आधारित यो चलचित्रलाई दर्शक र समिक्षकले मन पराउने विश्वास निर्माणपक्षको छ । यसअघि ‘मेरो एउटा साथी छ’ मा अभिनय गरेर चर्चित बनेको आर्यन र नम्रताको जोडीलाई दर्शकले ‘नोभेम्बर रेन’मा कत्तिको मन पराउने हुन् तथा साथ कत्तिको पाउनेछन त्यसको लागी भने चलचित्र प्रदर्शनको मितिसम्म पर्खिनै पर्ला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu